सिन्धुली ।   कन्दमुल तरकारी बिकास केन्द्र सिन्धुलीले ४५ औ स्थापना दिवस मनाएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका ५ मधुटारमा २०३१ साल भदौ १ गते कृषि फार्मको रुपमा स्थापना भएको फार्म ४५ बर्ष पुराएको छ । कृषिमा रुपान्तरणकारी परिर्वतन गर्ने उदेश्यको साथ स्थापना भएको फार्म बिभिन्न अरोह अवरोह पार गदै यो स्थान सम्म आईपुगेको छ ।

फार्म स्थापना दिवसको अवसरमा प्रमुख अतिथि समेत रहनुभएका सिन्धुली क्षेत्र न १ प्रतिनिधिसभा ससदस्य गणेश कुमार पहाडीले तरकारी  कन्दमुल बिकास केन्द्र प्रदेश तीन कै नमुना फार्मको रुपमा बिकास गर्नुपर्ने  बताउनु भयो । देशको समृद्धिको आधार कृषि भएकाले नयाँ र नविनतम ढङ्गले प्रबिधिको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिनुपर्नेमा जोड दिनुभयो ।
कृषि प्रधान देश भनेर चिनिएता पनि केहि समय अगाडी खाद्य बस्तु नियार्त गरिन्थ्यो तर अहिले आयात गर्नुपने भएको छ , त्यसैले प्रबिधिको प्रयोग गरि उत्पादनमा बृद्धि गरि आयात बिस्थापन गर्नुपर्ने बताउउनु भयो ।

कन्दमुल तरकारी बिकास केन्द्रले कन्दमुल बालीहरुमा पिंडालु, ओल,सखरखण्ड, तरुल, भुइँस्याउ,बिभिन्न तरकारीहरुको बिऊ उत्पादन, फलफुलहरुमा भुइकटर, लिची, आँप,लगाएतका बिरुवाहरु उत्पादन तथा बिक्रिबितरण गर्दै आएको छ । स्थापना दिवसको अवसरमा पुर्व प्रमुखहरु लाई पनि  सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य लेखनाथ दाहाल (राजन ) , प्रदीप कटुवाल, बिनोद खड्का लगाएतको सहभागीतामा भएको कार्यक्रमकको राष्ट्रिय बाग्वानी केन्द्रका प्रमुख डा. हरि गुरुङको अध्यक्षतामा भएको थियो ।

Thumbnail