सिन्धुली कृषि फार्मको रुपमा बि.स २०३१ साल भाद्र १ गते बलि प्रदर्शनको माध्यमले कृषकहरुलाई स्वस्थ बिउ बिजन बिक्रि बितारण गरि कृषि उत्पादनमा वृद्धि ल्याउने यस फार्मको स्थापना भएको हो।यस क्षेत्रमा बागबानी बिकासको अपरिहार्यतालाई महसुस गरि २०४७ सालमा यसको नाम कृषि फारम बाट बागबानी फार्ममा नामकरण गरियो र सोहि सोहि लक्ष्य अनुरुप कार्यक्रमहरु संचालन गरि बागबानीको सर्बत्तोमुखी बिकासमा संलगन रही आएकोमा बि.स.२०५२ देखि बागबानी केन्द्र सिन्धुली रहन गयो।आ.ब २०६०/२०६१ देखि कन्दमुल बालीहरुको पर्बर्धन गर्ने उदेश्यका साथ यसको नामकरण बागबानी विकास केन्द्र रही भई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि बिभाग मातहत रही कन्दमुल बलिको, संकलन, सम्बर्धन, र परिक्ष्ण कार्य संचालन गर्दै आइरहेकोमा वर्तमान संघिय शासन प्रणाली अनुसार आ.ब २०७५/७६ देखि बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विकास निर्देशनालय अन्तर्गत संचालित रहेको छ।